Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

पोर्चुगल समर्थकले गरे पशुपति मन्दिर परिसरको सफाइ

Saturday, June 16, 2018 National Power

२ असार, काठमाडौं – विश्वकपमा पोर्चुगललाई समर्थन गर्ने युवाको समूहले शनिबार बिहान पशुपति मन्दिर परिसरमा सफाइ कार्यक्रम गरेका छन् । झण्डै १ सयको संख्यामा रहेका पोर्चुगल समर्थक युवाको समूहले पशुपति मन्दिर परिसरमा सरसफाइ गरेको हो । युवराज भुसाल, राजन भुसाल लगायतको नेतृत्वमा सरसफाइ कार्यक्रम भएको हो ।

‘फुटबलको समर्थनलाई समाजिक उत्तरदायित्वसँगै जोड्दै सिर्जनात्मक कामसँग जोडने गरी मन्दिर सरसफाइ गरेका हौं,’ सरसफाइमा सहभागी एक समर्थकले भने,’सामाजिक सञ्जालमार्फत एकीकृत भएर कार्यक्रम गरिएको हो ।’

पोर्चुगलका समर्थक्हरुले आगामी दिनमा यस्तै समाजिक तथा सिर्जनात्मक कार्यक्रममार्फत नै समर्थनको नयाँ शैली खोजिने बताएका छन् ।