Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

पोर्चुगल समर्थकले गरे पशुपति मन्दिर परिसरको सफाइ

Saturday, June 16, 2018 National Power

२ असार, काठमाडौं – विश्वकपमा पोर्चुगललाई समर्थन गर्ने युवाको समूहले शनिबार बिहान पशुपति मन्दिर परिसरमा सफाइ कार्यक्रम गरेका छन् । झण्डै १ सयको संख्यामा रहेका पोर्चुगल समर्थक युवाको समूहले पशुपति मन्दिर परिसरमा सरसफाइ गरेको हो । युवराज भुसाल, राजन भुसाल लगायतको नेतृत्वमा सरसफाइ कार्यक्रम भएको हो ।

‘फुटबलको समर्थनलाई समाजिक उत्तरदायित्वसँगै जोड्दै सिर्जनात्मक कामसँग जोडने गरी मन्दिर सरसफाइ गरेका हौं,’ सरसफाइमा सहभागी एक समर्थकले भने,’सामाजिक सञ्जालमार्फत एकीकृत भएर कार्यक्रम गरिएको हो ।’

पोर्चुगलका समर्थक्हरुले आगामी दिनमा यस्तै समाजिक तथा सिर्जनात्मक कार्यक्रममार्फत नै समर्थनको नयाँ शैली खोजिने बताएका छन् ।