Tuesday 4th November 2025

    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक    राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी    कलाकार संघमा रिक्त रहेको पदमा नियुक्त ४ जनाले गरे शपथ ग्रहण    पुनः म्याद थपका लागि बाबुल गिरीलाई आज अदालत पेस गरिँदै

सडक र सुरक्षा

माधव नेपाल, शंकर पोखरेल, गोकर्ण विष्टलगायतको घर तोडफोड

काठमाडौं -नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले नेताहरु शंकर पोखरेल, गोकर्ण विष्टलगायतको घर तोडफोड गरेका छन् । प्रदर्शनकारीले नेताहरुको निवासलाई आज टार्गेटमा राखेका छन् ।

काठमाडौंको सुरक्षा नियन्त्रणबाहिर

काठमाडौं –  काठमाडौंको सुरक्षा अवस्था नियन्त्रण बाहिर गएको छ । नेता तथा मन्त्रीका घरहरूमा आगजनी तथा केही प्रहरी कार्यालयहरूमा समेत तोडफोड र आगजनी भएको छ । सुरक्षा अवस्था चारवटै सुरक्षा संगठनको नियन्त्रणबाहिर गएपछि नेताहरूलाई सुरक्षित ठाउँतर्फ सार्न थालिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवस्था नियन्त्रणमा लिन नसक्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराइसकेका

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा आगजनी

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा आगजनी गरेका छन् । प्रदर्शनकारी केहीघण्टा अघि नै त्यहाँ पुगेका थिए । लगातार ढुंगा प्रहारपछि अहिले प्रचण्डको निवासमा आगजनी गरेका छन् । प्रहरीले अहिले सो क्षेत्रमा गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

काठमाडौंबाट हुने आन्तरिकतर्फका सबै उडान बन्द

काठमाडौं -काठमाडौंबाट हुने सम्पूर्ण उडान अहिले बन्द गरिएको छ । सबै विमान कम्पनीहरुको बैठकपछि अहिले सबै उडान बन्द गरिएको एक विमान कम्पनीका अधिकारीले जानकारी दिए ।

सेनाको हेलिकोप्टरले मन्त्री र नेताको परिवारको गर्दैछ उद्धार

काठमाडौं -नेपाली सेनाको हेलिकोप्टरबाट केही मन्त्री र नेताहरुको उद्धार गरेको छ । मन्त्री निवासबाट उनीहरुलाई हेलिकोप्टरमा राखेर सेनाको ब्यारेक पुर्‍याइएको प्रहरी स्रोतले जानकारी दियो ।

मन्त्री क्वाटरमा पुग्यो सेनाको हेलिकोप्टर

काठमाडौं –  ललितपुरको भैँसेपाटीमा रहेको मन्त्रीहरुको निवासमा अहिले नेपाली सेनाका हेलिकोप्टर पुगेका छन् । नेपाली सेनाका हेलिकोप्टर अहिले त्यहाँ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रदर्शनकारीले ऊर्जामन्त्रीको घरबाट पैसा निकालेर हावामा उडाए

काठमाडौं – ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी भएको छ ।  खड्काको निवासबाट प्रदर्शनकारीले पैसा निकालेर हावामा उडाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

बानेश्वरमा ह्यात होटलको गाडीमा आगजनी

काठमाडौं – काठमाडौंको बानेश्वरमा ह्यात होटलको गाडीमा आगजनी भएको छ । सडकमा रहेका प्रदर्शनकारीले रोक्न खोज्दाखोज्दै नरोकिएपछि उनीहरुले आगजनी गरेका हुन् ।

देउवाको निवासमा आगजनी

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आगजनी भइरहेको छ । उनी भने बिहानै निवासबाट निस्किएको स्रोतले जानकारी दियो । कैयौँ नेताहरु एकठाउँबाट अर्कोमा जान हेलिकोप्टर प्रयोग गरिरहेका छन् ।

जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह

  काठमाडौँ – इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइका लागि पहल गर्न त्यहाँका लागि राष्ट्रपति आइस्याक हेर्जोगसँग आग्रह गरेका छन् । राजदूत पण्डितले हिजो राष्ट्रपति हर्जोगलाई फोन गरी सो आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो फोन संवादमा ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमण गर्दा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी जोशी