Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

बन्दुक नियन्त्रणको माग गर्दै अमेरिकामा विशाल प्रदर्शन

Sunday, March 25, 2018 National Power

११ चैत, काठमाडौं – बन्दुक नियन्त्रणको माग गर्दै अमेरिकामा विशाल प्रदर्शन भएको छ । ‘मार्च फर आवर लाइभ्स’ नारासहित सबैभन्दा ठूलो प्रदर्शन राजधानी वाशिङ्टन डिसीमा भएको छ । राजधानी वाशिङ्टन डिसीमा पाँच लाख प्रदर्शनकारी सडकामा उत्रिएर बन्दुक नियन्त्रणको माग गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

यस्ता प्रदर्शन आठ सयभन्दा बढी स्थानमा भएको बीबीसीले लेखेको छ । प्रदर्शनको अगुवाइ विद्यार्थीहरुले गरेका छन् । उनीहरुलाई समाजका अन्य क्षेत्रका व्यक्तिहरुले पनि साथ दिएका छन् । प्रदर्शनमा सहभागीहरुले ‘प्रोटेक्ट किड्स नट गन’ अर्थात् ‘बच्चाको रक्षा गर, बन्दुकको होइन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । ‘बन्दुकभन्दा विद्यार्थी महत्वपूर्ण छन्’ लेखिएका प्लेकार्ड पनि धेरैले बोकेका थिए ।

एडिनबर्ग, लण्डन, जेनेभा, सिड्नी र टोकियोमा समेत यस्तै प्रदर्शन गरिएको छ । प्रदर्शनमा धेरैजसो युवायुवती र बालबालिका सहभागी थिए । यस प्रदर्शनमार्फत् बन्दुक नियन्त्रणसम्बन्धी कानून बनाउन नेताहरूलाई दबाव पुग्ने अपेक्षा गरिएको छ । खासगरी अमेरिकाको फ्लोरिडामा १७ जना स्कुले विद्यार्थीहरुलाई एक बन्दुकधारीले अन्दाधुन्द गोली चलाएर मारेपछि अमेरिकामा बन्दुक नियन्त्रणको माग चर्को रुपमा उठेको छ । गत वर्ष लासभेगासमा पनि बन्दुकधारीको आक्रमणबाट ५८ जनाले ज्यान गुमाएका थिए । अमेरिकामा सन् २०१६ मा ११ हजार जनाले बन्दुक आक्रमणबाट ज्यान गुमाएको तथ्यांक छ ।