Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

महाशिवरात्रीको पुर्व सन्ध्यामा शिवपार्वती रथ यात्रा गरिने

Tuesday, February 6, 2018 National Power

२३ माघ,काठमाण्डौ – राष्ट्रको सुख शान्ति र समृद्धिको कामना गर्दे मानव कल्याण अध्यात्मिक प्रतिष्ठानले महान पर्व महाशिवरात्रीको पुर्व सन्ध्यामा शिवपार्वती रथ यात्रा गर्दै आईरहेको छ । सोहि कार्यक्रम अन्तर्गत यहि माघ २८ गते आईतबार शिव पार्वती छैठौँ रथयात्रा समारोह कार्यक्रम जलघडा सहित गरिर्दै छ ।

हरेक वर्ष पसुपती परिसरमा हुने गरेको भए पनि यस पटक भने हनुमान ढोका परिसरमा रथयात्रा समापन गरिने प्रतिष्ठानले नजाएको छ ।रथयात्रा बालकुमारी मन्दिर ललितपुरबाट विषेश पुजाअर्चना गरेपछि बाजागाजा , झाक्रि, गुरुज र भक्तजनहरु सहितको सहभागिता रहने प्रतिष्ठानले एक जिज्ञप्तिमा जनाएको छ ।

रथयात्रा पुल्चोक,कुपण्डोल,नयाँ सडक,बसन्तपुर हुदै मखनटोल स्थित महादेवमा १०८ कुण्डको जल सहित पुजा अर्चना गरेर हनुमान ढोका परिसर डबलिमा शिव पार्वती रथ यात्रा समापन गरिने मानव कल्याण आध्यात्मिक प्रतिष्ठानका अध्यक्ष रामकृष्ण कर्माचार्य द्धारा हस्ताक्षरीत विज्ञप्तिमा जनाएको छ ।
१०८ कुण्डको जल सहित हेलिकाप्टरबाट पुष्प वर्षा गरिन समेत जनाईएको छ । हरेक वर्ष शिवरात्रीको अवसर पारेर प्रतिष्ठानले दुई दिन अगाडी नै शिव पार्वती रथ यात्रा गर्दै आएको हो ।