Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

जेरुसेलममा राजदूतावास सार्ने निर्णय प्रशंसनीय :नेतन्याहु

Tuesday, December 26, 2017 National Power

१० पौष,  इजरायल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इजरायलको राजधानीका रूपमा जेरुसेलमलाई मान्यता दिने र अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्ने निर्णयलाई पछ्र्याउँदै ग्वाटेमालाले गरेको निर्णयको इजरायलले प्रशंसा गरेको छ ।

ग्वाटेमालाले आफ्नो राजदूतावास जेरुसेलम सार्ने निर्णय प्रशंसनीय छ, प्रधानमन्त्री नेतन्याहुले भन्नुभयो ।

ट्रम्पले जेरुसेलमलाई इजरायली राजधानीको मान्यता दिने निर्णयका कारण विश्व समुदायले अमेरिकाको आलोचना गरिरहेका समय ग्वाटेमालाले आइतबार जेरुसेलममा राजदूतावास सार्ने घोषणा गरेको थियोे ।

ग्वाटेमालाले गरेको निर्णय स्वागतयोग्य भएको बताउँदै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक वक्तब्य जारी गर्दै भन्नुभयो, “अमेरिका, ग्वाटेमालाले आफ्ना राजदूतावासलाई जेरुसेलम सार्ने घोषणा गरेका छन् उनीहरुले जस्तै अन्य मुलुकले पनि जेरुसेलमबारे अमेरिकी यस कदमलाई पछ्याउँदै विश्वका निर्णय लिनेछन् ।”