Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

भारतमा सात तीर्थयात्रीको मृत्यु

Saturday, October 28, 2017 National Power

११ कात्तिक,नयाँदिल्ली  –  भारतको आन्द्र प्रदेशमा भएको सडक दुर्घटनामा परी शनिबार कम्तीमा सातजना तीर्थयात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य ६ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् । रवुलापालेम् अमलापुरम राजमार्ग अन्तर्गत पर्ने पूर्वी गोदावरी जिल्लाको मोडेकुरु भन्ने ठाउँमा दुर्घटना भएको हो ।

प्रहरीको टोली उद्धारका लागि घटनास्थलमा पुग्दा यात्रु ट्रकको पांग्रा तलसमेत किचिएको अवस्थामा रहेको प्रहरी अधिकारीको भनाइ छ । “मृत्यु भएका सबैजना महिला रहेका छन् । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो, घाइतेको नजिकैको स्थानीय अस्पतालमा भर्ना गरिएको छ,” एक प्रहरी अधिकारीले भने । उनीहरु सबैजना प्रशिद्ध भगवान वेनकातेश्वर स्वामीको मन्दिरमा दर्शनका लागि जाँदै गरेका थिए । उनीहरु सबैजना अलवाराम गाउँमा स्थानीय बासिन्दा रहेका थिए ।