
२८ असोज,नयाँदिल्ली – भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीले आफ्नो छोरा राहुल गान्धी चाडै नै पार्टीको अध्यक्ष बन्ने शुक्रबार बताउनु भएको छ ।“राहुल कहिले पार्टीको प्रमुख बन्नु हुन्छ भनेर तपाईहरुले मलाई धेरै पहिले देखि सोधीरहनु भएको छ, अब राहुल चाडै नै अध्यक्ष बन्दैछ,” सोनिया गान्धीले दिल्लीमा पत्रकारहरुसँग भन्नुभयो ।

उहाँले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको शुक्रबार भएको पुस्तक विमोचन समारोहपछि पत्रकारहरुलाई यस्तो जानकारी दिनुभएको हो ।सोनीया गान्धीले राहुल गान्धीलाई पार्टीको अध्यक्ष पद हस्तान्तरण गर्नुभयो भने भारतीय कंग्रेस पार्टीको नेतृत्व नेहरु गान्धी परिवारको तर्फबाट चौथो पुस्तामा हस्तान्तरण हुनेछ । राहुल गान्धी संभवतः दिपावलीपछि भारतीय कंग्रेस पार्टीको अध्यक्ष बन्नुहुने बताइएको छ । यद्यपी राहुल गान्धी अहिले पनि भारतीय कंग्रेस पार्टीको उपाध्यक्ष हुनुहुन्छ ।
काठमाडौँ – अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिकलाई डिपोर्ट भएका छन् । अध्यागमन...
काठमाडौँ – चलचित्र विकास बोर्डले गत साताको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ ।...
काठमाडौँ – अभिनेता प्रदीप खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्...
काठमाडौं- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज (बुधबार) चुनाव हुँदैछ । पटक-पटक सारिएको...
काठमाडौँ – लोकदोहोरी गायिका रीता थापा मगर नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ बाट...
अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले देशनिकाला प्रक्रियालाई थप तीव्र र व्यवस्थित बनाउनका लागि...
सुचना विभाग दर्ता नं ६३/०७३-०७४
Kathmandu, Nepal
Email:info@medianent.com
Phone No.: 9851078850, 012210846