Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

नेपाल–बंगलादेश व्यापार प्रवद्र्धनबारे छलफल

Monday, October 9, 2017 National Power

२३ असोज,काठमाडौँ   – परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले बंगलादेशका परराष्ट्रमन्त्री अबुल हसान मोहमद अलीसँग आज बंगलादेशको राजधानी ढाकामा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका क्रममा दुई देशबीचको व्यापार प्रवद्र्धन, सम्पर्क सञ्जाल विस्तार, ऊर्जा क्षेत्रमा लगानी, संस्कृति, उच्च शिक्षा र पर्यटन प्रवद्र्धनका विषयमा कुराकानी भएको ढाकास्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

छलफलका क्रममा दुई पक्षीय सहकार्य र समन्वयलाई थप विस्तार गर्ने समझदारी भएको छ । सचिव बैरागीले आजै बंगलादेशको ‘रोड ट्रान्स्पोर्ट एण्ड हाइवेज विभाग’का सचिव एमएएन सिद्धिकीसँग दुईपक्षीय बैठक गर्नुभएको थियो । उहाँहरुबीच दुई देशबीच यातायात र सम्पर्क सञ्जाल विस्तारका लागि समन्वय बढाउने विषयमा कुराकानी भएको थियो ।

सो भेटघाटमा बंगलादेशका लागि नेपाली राजदूत डा चोपलाल भुसाल, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, व्यापारी तथा नेपाली राजदूतावासका अधिकारीको सहभागिता थियो ।