Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

आत्मघाती आक्रमण हुदा सात जनाको मृत्यु, १२ घाइते

Sunday, September 3, 2017 National Power

१८ भदौ, – इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आक्रमणकारीहरुले उत्तरी बग्दादमा रहेको एक ऊर्जा केन्द्रमा शनिबार गरेको आक्रमणमा परी सात जनाको ज्यान गएको छ । सैनिक पोशाक र ग्रिनेडसहितको सशस्त्र हतियारधारी तीन जनाले गरेको यस आक्रमणमा परी सात व्यक्तिको ज्यान गएको साथै अन्य १२ घाइते भएका इराकी अधिकारीले जानकारी दिएका छन ।

राजधानी बग्दादबाट झण्डै एक किलोमिटरमा उत्तरमा रहेको समार्रा क्षेत्रमा अवस्थित ऊर्जा केन्द्रमा सैनिक पोशाकमा आएका आक्रमणकारीहरुले सजिलै प्रवेश गरेका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस आक्रमणमा परी सातको जनाको ज्यान जानुका साथै अन्य १२ घाइते भएका प्रहरीले पुष्टि गरेको छ । यस हमलामा आत्मघाती आक्रमण र गोली प्रहार समेत गरिएको बताइएको छ ।यस आक्रमणबाट कैयौँ ट्यांकर ट्रक क्षति भएको र आत्मघाती आक्रमणकारीहरु मध्ये एक भूइँमा लडेर रहेका समाचारदाताहरुले जानकारी दिएका छन् ।