Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

बार्सिलोनामा भएको आक्रमणमा १३ जनाको मृत्यु,

Friday, August 18, 2017 National Power

२ भदौ, – स्पेनको बार्सिलोनामा भएको आक्रमणमा १३ जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् । भ्यानको प्रयोग गरी धेरै भिड हुने क्षेत्रमा आक्रमण भएको हो ।

बार्सिलोनाको प्रसिद्व ठाउँ लास रामब्लास क्षेत्रमा विद्रोही समूह इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मा लिएको जनाएको छ । आइएसले आक्रमणको जिम्मा लिए पनि आक्रमणमा कसको संलग्नता थियो भन्ने प्रमाण बाहिर आएको छैन ।

आक्रमणको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अर्का एक जना प्रहरीको आक्रमणमा मारिएका स्पेनका सञ्चार माध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । यस्तै घटनामा संलग्न रहेको भन्दै एक जनाको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । ती व्यक्तिले आक्रमणका लागि प्रयोग भएको भ्यान भाडामा दिएको प्रहरीले जनाएको छ । स्पेनका प्रहरीले सम्भावित अर्को आक्रमणलाई रोकेको जनाएको छ । क्यामब्रिल्समा हुन लागेको आक्रमण रोक्न चार जनालाई मारेको बिबिसीमा उल्लेख छ । क्यामब्रिल्स बन्दरगाहमा गोलिको आवाजहरु आएको थियो । प्रहरीले मानिसहरुलाई सडकमा ननिस्कन र सुरक्षित रहन आग्रह गरेको छ ।