Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

उत्तरको शङ्कास्पद क्रियाकलाप देखिँदैन– द. कोरिया

Friday, August 11, 2017 National Power

२६ साउन,सोल  दक्षिण कोरियाले उत्तर कोरियाका तर्फबाट कुनै आणविक परीक्षणलगायतका अन्य कुनै शङ्कास्पद क्रियाकलाप सीमा क्षेत्रमा नभेटिएको जनाएको छ । २६ साउन,सोल  दक्षिण कोरियाले उत्तर कोरियाका तर्फबाट कुनै आणविक परीक्षणलगायतका अन्य कुनै शङ्कास्पद क्रियाकलाप सीमा क्षेत्रमा नभेटिएको जनाएको छ ।


पछिल्लो समयमा उत्तर कोरियाले फेरि पनि अर्को आणविक क्षेप्यास्त्र परीक्षण गर्नसक्ने भन्दै सीमा क्षेत्रमा दक्षिणले निगरानी गरिरहेको जनाएको छ ।
दक्षिण कोरियाली सेनाले बिहीबार सोलमा आयोजित नियमित पत्रकार सम्मेलनमा भनेको छ– हामीले सीमा क्षेत्र र सामुद्रिक क्षेत्रमा पनि निगरानी गरेका छौँ, उताबाट त्यस्तो कुनै उत्तेजक क्रियाकलाप भएको देखिँदैन ।
सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका यी दुई देशबीच सत्रुतापूर्ण सम्बन्ध रही आएको छ । यी दुवै देशका परिवारलाई समय समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार दक्षिणबाट प्रस्ताव आएको भए पनि उत्तरले मानेको छैन ।
सन् २०१५ को अक्टोबरपछि यी दुई देशबीच कुनै वार्ता र दुवै देशका तर्फबाट परिवारहरूको पुनर्मिलन भएको छैन । उत्तरले भने छानिएका व्यक्तिलाई मात्र एक वा दुई दिनसम्म आफन्तसँग बस्न दिने गरेको छ ।
कोरिया युद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए । त्यसलगत्तै यी दुवै देशका ६० हजारभन्दा बढीको सङ्ख्याका नागरिक अलग भएर बसेका छन् ।
पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कमगर्ने प्रयासस्वरुप पनि वार्ता र त्यसपछि पारिवारिक पुनर्मिलनको कार्यक्रम राखिएको भए पनि सो प्रस्तावको कुनै जवाफ उत्तरले दिएको छैन । एजेन्सी