Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

७ सय ५५ अमेरिकी कुटनीति कर्मचारीलाई रुस छोड्न पुटिनको आदेश

Monday, July 31, 2017 National Power

१६ साउन, – अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लागएपछि दुई देशबिचको सम्बन्धमा थप तनाव उत्पन्न भएको छ । अमेरिकाले मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने निर्णय गरे लगतै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा रहेका अमेरिकी कुटनीतिकज्ञलाई देश छाड्न आदेश दिएको छ । अमेरिकी कुटनीतिक मिसनका ७ सय ५५ जनाले रुस छोड्नु पर्ने पुटिनले घोषणा गरेका हुन । ती सबै अमेरिकी अधिकारीले आउँदो सेप्टेम्बर १ सम्ममा रुस छोड्नु पर्नेछ । सात सय ५५ कुटनीतिज्ञले छाडेपछि रुसमा अमेरिकी कुटनीतिक कर्मचारीको संख्या ४ सय ५५ हुनेछ । अमेरिकाको वासिङटनमा रुसी कुटनीतिक कर्मचारीको संख्या पनि ४ सय ५५ नै छ । आधुनिक समयमा कुनै पनि देशबाट फिर्ता पठाइएका कुटनीतिक अधिकारीको यो संख्या अहिलेसम्मकै उच्च रहेको बिबिसीले जनाएको छ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि रुस र अमेरिकाको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको थियो । तर अमेरिकी तल्लो तथा माथिल्लो सदनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेपछि दुई देशबिचको सम्बन्धमा थप कटुता आएको हो । रुसमाथि गएको वर्ष भएको अमेरिकी राष्ट्रपतीय चुनावमा ट्रम्पलाई जिताउने गरी प्रभावित गरेको आरोप छ ।