Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

ट्रम्पले तेस्रो लिंगी समुदायमाथि सेनामा काम गर्न नपाउने गरी प्रतिबन्ध लगाउने

Thursday, July 27, 2017 National Power

१२ साउन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो लिंगी समुदायमाथि सेनामा काम गर्न नपाउने गरी प्रतिबन्ध लगाउने बताए। राष्ट्रपति ट्रम्पले तेस्रो लिंगी समुदायले सेनामा कुनै पनि पदमा रहेर काम गर्न नसक्ने आरोप लगाएका हुन । ट्रम्पले ट्वीट मार्फत सैन्य विज्ञसँगको सल्लाहमा तेस्रो लिंगीका कारण सेनामा स्वास्थ्य खर्च निकै बढ्ने तथा विभिन्न खालको अवरोध आउने भएकाले उनीहरुलाई सेनामा काम गर्न नदिइने भएको उल्लेख गरेको छ । यसअघि गत वर्ष त्यसबेलाका राष्ट्रपति बाराक ओबामाले तेस्रो लिंगी समुदायलाई सेनामा खुला रुपमा काम गर्न पाउने व्यवस्था लागु गरेको थियो । गएको जुनमा रक्षा मन्त्री जेम्स म्याट्टिसले सेनामा तेस्रो लिंगी समुदायको भर्ती ६ महिना ढिलो गर्ने बताएको थियो । अहिले आएर राष्ट्रपति ट्रम्पले सेनामा उनीहरुमाथि प्रतिबन्ध नै लगाउने बताएको हो । ट्रम्पले ट्वीट मार्फत गरेको यो घोषणा तत्काल कार्यान्वयन भने नहुने राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।