Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

ह्वाइट हाउसका प्रेस सचिव शन स्पाइसरले राजीनामा दिए

Saturday, July 22, 2017 National Power

७ साउन – अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव अर्थात प्रवक्ता शन स्पाइसरले राजीनामा दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कम्युनिकेसन निर्देशक नियुक्त गरेपछि बेखुशी रहेका स्पाइसरले त्यसकै विरोधमा प्रवक्ताबाट राजीनामा दिएका अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । स्पाइसरको ठाउँमा अब एन्टोनी स्कारामुर्चीले ह्वाइट हाउस प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएका छन् । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेदेखि नै स्पाइसरको ह्वाइट हाउसमा हुने पत्रकार सम्मेलन निकै चर्चामा रहने गरेको थियो । स्पाइसरले बोलेका धेरै कुरा व्यंग्यात्मक रुपले प्रस्तुत गर्न सकिने खालका बन्ने गरेका थिए ।

ट्रम्पले स्कारामुर्चीलाई कम्युनिकेसन निर्देशकमा नियुक्त गरेपछि स्पाइसरले त्यसको विरोध जनाएको र त्यसैको फलस्वरुप राजीनामा दिएको अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले दाबी गरेको छ ।