Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

ट्रम्प र पुटिनबिच गोप्य भेटवार्ता

Wednesday, July 19, 2017 National Power

 

४ साउन – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच गोप्य भेटवार्ता भएको खुलेको छ । जुलाइको सुरुमा जर्मनीमा भएको जी–ट्वेन्टी सम्मेलनको क्रममा ट्रम्प र पुटिनबिच गोप्य भेटवार्ता भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । यी दुई नेताबिच औपचारिक भेटवार्ता भएको केही घण्टापछि नै फेरि भेटवार्ता भएको र त्यो गोप्य रहेको थियो । पछिल्लो भेटवार्तामा रुसी अनुवादक र दुई नेताको मात्रै उपस्थिति रहेको थियो भने गोप्य भेटवार्तामा दुई नेताबिच के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।

तर दुई घण्टा लामो औपचारिक भेटवार्तामा भने अमेरिकी राष्ट्रपतीय चुनावमा रुसी हस्तक्षेपको आरोप, आपसी सम्बन्धसहितका अरु विभिन्न विषयमा छलफल भएको थियो ।