Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

रुसमा ७.७ रिक्टरको भूकम्प गयो क्षतिको विवरण आउन बाँकी

Tuesday, July 18, 2017 National Power

३ साउन – रुसमा सोमबार साँझ शक्तिशाली भूकम्प गएको समाचार छ । रुसमा करिब ७.७ रेक्टर स्केलको भूकम्प मापन गरिएको समाचारमा जनाइएको छ ।

रुसको पूर्वी तटीय क्षेत्रमा केन्द्रबिन्दु बनाएर आएको सो भूकम्प निकै शक्तिशाली भएको बताइएको छ । यद्यपि यसबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ ।यसका कारण सुनामीको खतरा रहेको सूचना सुरुमा जारी गरिएपनि पछि भने त्यसलाई हटाइएको छ । सुरुमा सुनामीको त्रास रहेको भएपनि त्यसको केही घन्टापछि भने त्यो सूचना हटाइएको छ ।

प्यासिफिक सुनामी वार्निङ सेन्टरले सो भूकम्पका कारण हुनसक्ने सुनामीको खतरा नरहेको भनी पछिल्लो सूचना जारी गरेको थियो ।केही तटीय क्षेत्रमा समुद्रको पानी बाहिर आउनसक्ने देखिए पनि पछि भने त्यो खतरा नरहेको सो केन्द्रले जानकारी दिएको रुसी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

सुनामी सम्बन्धी प्रकोप नियन्त्रण केन्द्रका अधिकारीहरुले सो सुनामीको प्रारम्भिक मापनमा समुद्रको कतिपय तटीय क्षेत्रमा ०.३ मीटरसम्म पानी माथि आउन सक्ने देखिएको बताइएको थियो ।अमेरिकी भौगर्भिक सर्वेक्षण केन्द्रले उक्त भूकम्पको गहिराई ११.७ किलोमीटर मात्र रहेको बताएका थिए । भूकम्पको उद्वारकार्य भइरहेको जानकारी दिइएको छ ।

– एएफपी