Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

कतार विवाद टुङ्ग्याउन अमेरिकी विदेश मन्त्रीको पहल

Wednesday, July 12, 2017 National Power

२८ असार – अरब क्षेत्रका केही मुलुकले कतारसँग गरेको कुटनैतिक सम्वन्ध विच्छेद र यसपछि कतारमाथि गरेको नाकावन्दीबारे अरवको बन्दगाह शहर जेदाहमा हुने खाडी मुलुकका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन मङ्गलबार अरब गएका छन् ।

यसअघि अमेरिकी विदेशमन्त्री टिलरसन संयुक्त राज्य अमेरिकाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)सँग आवद्ध प्रमुख सहगोगी टर्कीसँग यसअघि गुमेको विश्वासलाई पुनःस्थापना गर्न भनी दुई दिन टर्की गएका थिए । टर्कीमा उनले राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग इस्तानवुलमा घण्टौँ लामो कुराकानी गर्नुका साथै उच्चपदस्थ अधिकारीसँग भेट गरेका थिए ।

साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र इजिप्टका विदेशमन्त्री भेला हुने उक्त स्थानमा अमेरिकी विदेशमन्त्री टिलरसनले कतारसँगको विवाद टुङ्ग्याउन विशेष पहल गर्ने, साउदी अरबबाट जारी एक विज्ञप्तिमा जनाइएको छ ।