Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

पाकिस्तानले जित्दा उत्सव मनाउने १५ भारतीय युवा पक्राउ

Wednesday, June 21, 2017 National Power

७ असार – च्याम्पियन्स ट्रफि क्रिकेटको उपाधि पाकिस्तानले जितेपछि उसको पक्षमा नाराबाजी गरेका १५ जना भारतमा पक्राउ परेका छन् । भारतको मध्यप्रदेशमा पाकिस्तानको पक्ष तथा भारतको विपक्षमा नाराबाजी गरेको भन्दै मुस्लिम समुदायका १५ जनालाई पक्राउ गरिएको बिबिसीले जनाएको छ । उनीहरुमाथि देश द्रोहको मुद्दा चलाइएको छ ।

पाकिस्तानको पक्षमा नारावाजी गरेकोमा पक्राउ परेको यो पहिलो घटना भने होइन । यसअघि पनि सन् २०१४ मा ६६ जना मुस्लिम विद्यार्थी पक्राउ परेका थिए ।