Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

पैदल यात्रुलाई भ्यानले ठक्कर दिँदा थुप्रै घाइते

Monday, June 19, 2017 National Power

५ असार, काठमाडौं – उत्तरी लन्डनको पिन्सबरी पार्कमा रहेको मस्जिद नजिकै एक भ्यानले पैदल हिँडिरहेका यात्रीहरूलाई ठक्कर दिँदा थुप्रै व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ । घटनामा कसैको मृत्यु भए नभएको कुरा अझै थाहा हुन सकेको छैन ।

सेभन सिस्टर रोडमा भएको यो घटनामा संलग्न एक जना व्यक्तिलाई लन्डन पुलिसले गिरफ्तार गरेको छ । मुस्लिम काउन्सिल ब्रिटेनले उक्त व्यक्तिले जानीबुझीकनै मानिसहरूलाई ठक्कर दिएको आरोप लगाएको छ । रमजानका कारण रातिको नमाज पढ्न आएका व्यक्तिहरूले गर्दा उक्त क्षेत्रमा मानिसहरूको सघन उपस्थिति थियो । घटना किन र कसले घटाएको हो अझै थाहा हुन सकेको छैन । यसको पन्ध्र दिनअघि लन्डनस्थित लन्डन ब्रिज र नजिकैको क्षेत्रमा यस्तै एउटा घटना भएको थियो ।