Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रहमा कतारमाथि प्रतिबन्ध

Wednesday, June 7, 2017 National Power

२४ जेठ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आग्रहमा अरब देशले कतारसँगको सम्बन्ध ताडेको दाबी गरेको छ । आतंकवादीलाई सहयोग गरेर अरब क्षेत्रमा अस्थिरता कायम गरेको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया तथा माल्दिभ्सले कतारसँगको कुटनीतिक तथा राजनीतिक सम्बन्ध अन्त्य गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै यी देशले आफ्नो आग्रहमा कतारसँगको सम्बन्ध तोडेको दाबी गरेको छ । केही समयअघि मात्रै भएको आफ्नो भ्रमणको क्रममा साउदी अरेबियासँग आफूले कतारले अतिवादी विचारधाराको समर्थन गरेको र आतंककारीलाई आर्थिक सहयोग गरिरहेको बताएको ट्रम्पको भनाई छ । आफू भ्रमण सकेर फर्किएको केही समयपछि नै आफ्नो साउदी भ्रमणको असर देखिन थालेको ट्रम्पको दाबी छ । झण्डै दुई हप्ताअघि ट्रम्पले मध्य पूर्वको भ्रमण गरेका थिए । ट्रम्पको यो भनाईलाई विश्लेषकले निकै गम्भीर तथा महत्वपूर्ण रुपमा लिएका छन् । साउदी अरेबियाको भ्रमणको क्रममा ट्रम्पले इरानमाथि पनि अस्थिरता फैलाएको आरोप लगाएका थिए । आफूसँगको सम्बन्ध तोड्ने निर्णय गरेका देशलाई कतारले वार्ताका लागि आह्वान गरिसकेको छ ।

-एएफपी