Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

आँधीका कारण ११ जनाको ज्यान गयो, ६९ जना घाइते

Tuesday, May 30, 2017 National Power

१६ जेठ  – रुसमा आँधीका कारण कम्तिमा ११ जनाको ज्यान गएको छ ।  ६९ जना घाइते भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । यस्तै ५० जनाले चिकित्सा सहयोग माग गरेको खबरमा उल्लेख छ । आँधीका कारण सयौँ रुखहरु भाँचिएका छन् । यस्तै शक्तिशाली आँधी आउन सक्ने भन्दै  बंगलादेशमा १० लाख मानिसलाई सुरक्षित ठाउँमा सार्ने प्रयास भइरहेको छ । बंगलादेशको पूर्वी तटबाट मोरा नामको आँधी आउने सम्भावना रहेको त्यहाँको मौसम विभागले जनाएको छ । आँधीको प्रभाव पर्न सक्ने ठाउँका स्कूल र सरकारी कार्यालयलाई सेल्टर बनाइएको छ भने सर्तकर्ताका लागि ठूलो स्वरमा माइकिंङ पनि भइरहेको बंगलादेशका अधिकारीले बताएका छन् ।