Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

भारतले पाकिस्तानमाथि आक्रामक कारबाही गर्न सक्ने चेतावनी

Friday, May 26, 2017 National Power

१२ जेठ, काठमाडौं – अमेरिकाको गुप्तचर निकायले पाकिस्तानले सीमा क्षेत्रमा गरेको आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि आक्रामक कारबाही गर्न सक्ने चेतावनी दिएको छ ।

सिआइएका प्रमुखले अमेरिकी कांग्रेसमा परमाणु शक्ति सम्पन्न दुवै छिमेकी देशबीच सीमा क्षेत्रमा भैरहेको गोलाबारीले संघर्षको रुप लिनसक्ने चेतावनी दिएको बिबिसीले जनाएको छ । सिआइए प्रमुखले अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको बैठकमा भारत र पाकिस्तानबीच बढ्दो सुरक्षा तनावबारे जानकारी गराएको हो ।

गएको वर्ष भारतमा भएको दुई चरमपन्थी आक्रमणपछि तनावपूर्ण बनेको सम्बन्ध यो वर्ष विग्रन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे । विशेष गरी भारतमा कुनै प्रकारको आतंकवादी आक्रमण भए यो अवस्था झनै बिग्रन सक्ने सिआइएको ठहर छ । भारतले आफ्नो भूमिमा हुँदै आएको चरमपन्थी हमलाको योजना पाकिस्तानमा बन्दै आएको आरोप लगाउँदै आएको छ ।

यदि सीमा क्षेत्रमा भैरहेको हमला कम भएमा साथै पठानकोट आक्रमणबारे अनुसन्धानमा प्रगति भएमा भने यहि वर्ष दुवै देशबीच वार्ता सुरु हुन सक्ने पनि आँकलन गरिएको छ । पछिल्लो केही समययता भारत र पाकिस्तान दुवैले एक अर्कालाई सीमा क्षेत्रमा संषर्घविरामको उल्लंघन गरिरहेको आरोप लगाउँदै आएका छन् ।