Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

आत्मघाती बम हमला हुँदा १८ जनाको मृत्यु, २० जना घाइते

Sunday, May 21, 2017 National Power

७ जेठ, बग्दाद – इराकको राजधानी बग्दाददेखि दक्षिणी क्षेत्रमा प्रहरीलाई लक्षित गरी दुई ओटा आत्मघाती बम हमला हुँदा १८ जनाभन्दा बढीको मृत्यु भएको छ ।

शुक्रबार राति अबेर भएको आक्रमणमा परी अन्य २० जना घाइते भएका छन् । मृत्यु भएका र घाइतेमध्ये अधिकांश प्रहरी नै भएको गृह मन्त्रालयले जानकारी दिए ।

विस्फोटनका कारण प्रहरी कार्यालयको भवन स्वस्त भएको अधिकारीले बताएका छन् ।

अहिलेसम्म आक्रमणको कुनै पनि समुहले जिम्मेबारी लिएको छैन । तर इस्लामीक स्टेट (आइएस) लडाकुले विगतमा सुरक्षाकर्मीलाई लक्षित गरी क्रुर आत्मघाती हमला गर्ने गरेको अधिकारीको भनाइ छ ।
– सिन्ह्वा