Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

फ्रान्सका वर्तमान राष्ट्रपतिको अन्तिम बैठक

Thursday, May 11, 2017 National Power

२७ वैशाख, पेरिस – कार्यकाल सकिएर बिदाई हुन लागेका फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले बुधबार आफ्नो लागि अन्तिम भएको सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्नुभएको छ ।

उहाँले मन्त्रीहरू र सेनाका प्रमुखसँग पनि भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति अलान्दले यसै हप्ताको अन्त्यतिर नवनिर्वाचित राष्ट्रपति इम्यानुअल म्याक्रोँलाई पद हस्तान्तरण गर्नुहुने भएको छ ।

उहाँले पछिल्लो दुई हप्तामा निर्वाचनका बेला देशभित्रको सुरक्षा अवस्थाका बारेमा पनि छलफल गर्नुभएको उहाँको कार्यालयद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

अलान्दले अन्य देशहरूसँगको सुरक्षा सम्बन्धका बारेमा पनि मन्त्री र सेना प्रमुखसँग कुराकानी गर्नुभएको वक्तव्यमा उल्लेख छ ।

सन् २०१२ को मेमा समाजवादी पार्टीका अध्यक्ष अलान्द राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँले आफ्नै पूर्वअर्थमन्त्री म्याक्रोँलाई पदहस्तान्तरण गर्न लाग्नुभएको हो ।

-Agency