Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग

Friday, September 26, 2025 National Power

काठमाण्डौ-   जेनजी समूहका तर्फबाट ई. मधुसुधन कुशवाहाले प्रधानमन्त्री सुशिला कार्कीलाई सम्बोधन गर्दै खानेपानी मन्त्रालयमा ई. दिपेन्द्र साहलाई नियुक्त गर्न प्रस्ताव दर्ता गराएका छन्।

कुशवाहाले साहलाई भ्रष्टाचार र बेथितिविरुद्ध ज्यान र जागिरको जोखिम मोल्दै काम गर्दै आएको इमानदार प्रशासकका रूपमा प्रस्तुत गरेका छन्।

साहले विदेह नगरपालिकामा प्रशासकीय अधिकृत रहँदा र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरको प्रमुख हुँदा उपभोक्ता समितिबाट हुने बेथिति नियन्त्रण गरेको र त्यसकै कारण अन्याय सहनुपरेको भन्दै उनलाई खानेपानी मन्त्री बनाउन माग गरिएको हो।