Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

Monday, September 15, 2025 National Power

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । सोमबार ९भदौ ३०० सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

प्राधिकरणका पूर्वकार्यकारी निर्देशक समेत रहेका अन्तरिम सरकारका नवनियुक्त मन्त्री घिसिङले सोमबारै पद तथा गोपनीयताको शपथ लिएका थिए ।