Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

फिल्म हल सोमबारबाट खुल्ने

Sunday, September 14, 2025 National Power

काठमाडौँ – जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल सोमबारबाट खुल्ने भएका छन् । नेपाल चलचित्र सङ्घको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।

फिल्म हल सोमबार खोल्ने निर्णय गरेको चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले जानकारी दिए । ‘भोलिबाट सबै फिल्म हल नियमित खोल्ने निर्णय भएको छ’, महर्जनले भने- ‘हल बन्द हुँदा लागेका फिल्म नै पहिले रिलिज हुनेछ ।’