Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता

Saturday, April 26, 2025 National Power

टोखा, काठमाडौं – सन् ०५२ सालमा नेपालकै पहिलो गैरसरकारी बाल अस्पतालको रूपमा सेवा आरम्भ गरेको ईसान बाल तथा महिला अस्पताल अब टोखा नगरपालिका–५ मा अवस्थित नयाँ, आधुनिक र वातावरणमैत्री भवनमा सरेको छ। यो अस्पतालले २४ घन्टा बालरोग, नवजात शिशु, बाल सर्जरी, महिला तथा प्रसूति, हाडजोर्नी जस्ता सेवाहरू अनुभवी विशेषज्ञ तथा रजिष्ट्रारमार्फत उपलब्ध गराउँदै आएको छ। साथै, नवजात तथा बाल सघन उपचार इकाइ (NICU, PICU), एम्बुलेन्स, प्याथोलोजी, एक्सरे, अल्ट्रासाउन्ड, फार्मेसी, र क्यान्टिन सेवा पनि अस्पतालमा समावेश गरिएको छ।

ईसान अस्पतालले अन्तर्राष्ट्रिय स्तरको सेवा दिने उद्देश्यसाथ विभिन्न जटिल बाल शल्यक्रियाहरू गर्दै आएको छ। अस्पतालका अनुसार युके, भारत, बंगलादेशजस्ता देशहरूबाट समेत बच्चाहरूको उपचारका लागि यहाँ आउने गरेका छन्, जसमा धेरैजसो जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका छन्। निकट भविष्यमै थप सेवाहरू विस्तार गरिने योजना पनि अस्पतालले सार्वजनिक गरेको छ।

कार्यक्रममा हाँस्य कलाकार गोपाल ढकाल (छन्दे), कलाकार श्रीदेब भट्टराई, पिम नेपाल का महासचिब कमला जोशी , फावनका सह कोषाध्यक्ष तथा कलाकार प्नवण भूसाल, पिम नेपालका अध्यक्ष, फावनका मानार्थ सदस्य तथा चलचित्र निर्देशक माधव राज खरेल, नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनका बरिष्ठ उपाध्यक्ष ऋषि राज आचार्य, महिला उपाध्यक्ष सरिता भारती, लायन सीता प्रसाई ,मृदुला शर्मा, अप्सरा आचार्य,राम बहादुर श्रेष्ठ, विकास राज कुँवर , सतिस राज कँवर, लेखक पत्रकार नन्द लाल खरे, शोभा ढकाल लगायत लायनसेवीहरु, पत्रकार, समाजसेवी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन अस्पतालका प्रमुख अपरेटिङ अफिसर धनधोज मल्ल ठकुरीले गरेका थिए।

ईसान बाल तथा महिला अस्पतालले नेपाली चलचित्र तथा गीत संगीतकको माध्यमबाट सामाजिक सेवामा सक्रिय रहदै आएका संस्थाहरु, नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन), पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) र समाज सेवामासक्रिय रहेको तारकेश्वर क्लव ६० तथा लायन्स क्लव ३२५ आई काठमाडौ संग आफ्नो सेवामा विशेष छुट गर्ने सम्बन्धमा सम्झौता भएको छ । यो संगै अब यी संस्थाले सिफारिस गरिएका व्यक्तिहरुलाई विशेष छुट प्राप्त हुने छ।