Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

Monday, April 7, 2025 Devil Singh Rajput

काठमाडौं । साँगे सभ्यता संरक्षण तथा विकास अभियानले आगामी चैत्र ३० गते शनिवार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त चियापान कार्यक्रम काठमाडौं, बसुन्धारा चौकी स्थित साउथ वेष्टर्न स्टेट कलेजको सभाहलमा हुन लागेको हो ।

साँगेबासी बिचमा एकता एवम् भाइचारा अभिबृद्धी र संस्कृतिको जगेर्ना गर्ने हेतुले चियापान तथा शुभकामना कार्यक्रम आयोजना गर्न लागिएको साँगे सभ्यता संरक्षण तथा विकास अभियानका संयोजक सुरेन्द्र वाग्लेले जानकारी दिनुभयो । साथै उहाँले दिउँसो ११स्३० बजेबाट कार्यक्रम सुरु हुने जानकारी दिनुभएको छ ।

त्यसैगरि अभियानका महासचिव सरोज ओझाले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको यस चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा साँगे खोलाको शिर भाग क्षेत्रदेखि मादिको संगमस्थतसम्मको पानीढोलो क्षेत्र थाँतथलो भएका वा हाल बसोबास गर्ने सबैलाई स(परिवार उपस्थित हुन आव्हान गरिएको बताउनुभयो ।