Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

नेसनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशन फाल्गुण १५ र १६ गते वीरगञ्जमा

Wednesday, February 26, 2025 Devil Singh Rajput

वीरगञ्ज, १४ फाल्गुण – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को आठौं राष्ट्रिय महाधिवेशन फाल्गुण १५ र १६ गते अर्थात आज र भोली मधेश प्रदेशको आर्थिक केन्द्र वीरगञ्जको टाउनहल, आदर्शनगरमा आयोजना हुने भएको छ। संगठनको केन्द्रीय समितिको सातौं बैठकले उक्त निर्णय गरेको हो।

महाधिवेशनमा देशभरका ३६ जिल्लाबाट झण्डै १,५०० निजी विद्यालयका संस्थापक, लगानीकर्ता तथा प्रिन्सिपलहरूको सहभागिता रहनेछ। महाधिवेशनमा निजी विद्यालयहरूका लागि आवश्यक नीति तथा कानून, संघीय शिक्षा ऐन, विद्यालय शिक्षामा देखिएको अन्योल, शिक्षक कर्मचारीहरूको वृत्ति विकास, व्यावसायिक शिक्षा तथा डिजिटल शिक्षाका विषयमा विस्तृत छलफल गरिने नेसनल प्याब्सनले जनाएको छ।

महाधिवेशनले हाल प्रस्तावित विद्यालय शिक्षा ऐनबारे आफ्ना सुझावहरू सरकारलाई दिनेछ। साथै, स्थानीय तहहरूले आ–आफ्नै ढंगले लागू गरिरहेका शैक्षिक नीतिहरूले सिर्जना गरेको अन्योल हटाउने उपायहरूबारे छलफल गरिने बताइएको छ।

महाधिवेशन तयारी समिति संयोजक गीता क्षेत्री राणाका अनुसार, कोरोना महामारीपछिको विद्यालय पुनः सञ्चालन, छात्रवृत्तिमा देखिएको असमानता, सामाजिक सुरक्षा कोषमा निजी विद्यालयहरूको अवस्थिति, सूचना प्रविधिको प्रयोग तथा वैकल्पिक शिक्षण विधिहरूको प्रभावकारीता जस्ता विषय महाधिवेशनको मुख्य एजेन्डा हुनेछन।

शिक्षा क्षेत्रमा निजी क्षेत्रको सहभागिता अझ मजबुत बनाउने उद्देश्यसहित महाधिवेशन सम्पन्न गरिने महासचिव पारसमणि दाहालले बताउनुभएको छ ।