Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

ट्रम्पले किमलाई अवसर मिले भेट्ने

Tuesday, May 2, 2017 National Power

१९ बैशाख – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनलाई भेट्न चाहेको बताए । आफूले उत्तर कोरियाका नेता किमलाई भेट्न चाहेको र अहिलेको अवस्थामा त्यो आफ्ना लागि सम्मानको कुरा हुने ट्रम्पको भनाई छ । समाचार संस्था ब्लुमबर्गसँगको कुराकानीको क्रममा राष्ट्रपति ट्रम्पले किमलाई भेट्ने अवसर मिले आफूले पक्कै भेट्ने बताए । यसअघि आइतबार उनले किमलाई विशेष क्षमतासहितको व्यक्तिको रुपमा परिभाषित गरे । उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण कोरियाली प्रायद्विपमा तनाव बढी रहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो भनाई आएको हो । ट्रम्पको भनाईपछि ह्वाइट हाउसले विज्ञप्ति निकालेर उत्तर कोरियाले भेटवार्ताका लागि धेरै शर्त पूरा गर्नुपर्ने र त्यसपछि मात्रै दुई देशका नेताबिच भेटवार्ता हुन सक्ने उल्लेख गरेको छ । तर शर्त बारे भने स्पष्ट पारिएको छैन । उत्तर कोरियाको उत्तेजक क्रियाकलाप तत्काल बन्द भएको देख्न चाहेको ह्वाइट हाउसले जनाएको छ ।
आइतबार सिबिएससँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति ट्रम्पले सानै उमेर सक्ता हातमा लिन सक्ने किम निकै क्षमतावान व्यक्ति रहेको बताए ।