Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा

Thursday, April 27, 2017 National Power

१४ बैशाख, – अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने भएको छ । परमाणु कार्यक्रम तथा लगातारको मिसाइल तथा परमाणु परीक्षणका कारण राष्ट्रपछि डोनाल्ड ट्रम्प प्रशासनले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने तथा कुटनीतिक कदम चाल्ने तयारी गरेको हो । उत्तर कोरियाको बारेमा ह्वाइट हाउसले सिनेटलाई विशेष ब्रिफिङ गर्दैछ । उत्तर कोरियाको विषयमा ट्रम्पको नयाँ रणनीतिको घोषणा गरिने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाले अहिले दक्षिण कोरियामा मिसाइल सुरक्षा प्रणाली तैनाथ गरेको छ । यस्तै अमेरिकी लडाकु पानी जहाज पनि दक्षिण कोरिया पुगेको छ । उत्तर कोरियाले नयाँ परमाणु हतियार परीक्षणको तयारी गरिरहेको विशेषज्ञले बताएका छन् । यसले गर्दा कोरियाली प्रायद्विपमा तनाव बढेको छ । उत्तर कोरियाले आफू जस्तोसुकै प्रतिवादका लागि तयार रहेको बताएको छ भने अमेरिकाले चुनौतीको सामनाका लागि आफू पनि तयार रहेको बताउँदै आएको छ । उत्तर कोरियाको एक मात्र सहयोगी चीनले भने युद्धको अवस्था आउन सक्ने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै आएको छ ।