Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

उत्तर कोरियाले परमाणु परीक्षणलाई निरन्तरता दिने चेतावनी

Tuesday, April 18, 2017 National Power

५ वैशाख – उत्तर कोरियाले परमाणु परीक्षणलाई निरन्तरता दिने चेतावनी दिएको छ । उत्तर कोरियाका एक उच्च अधिकारीले प्योङयाङले परमाणु तथा मिसाइल परीक्षणलाई निरन्तरता दिने बताएको बिबिसीले जनाएको छ । पछिल्लो समय परमाणु तथा मिसाइल परीक्षण गर्दै उत्तर कोरिया आएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै किसिमको परमाणु कार्यक्रम गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । तर उसले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

उत्तर कोरियाका उपविदेश मन्त्री हाङ सोङ रयोलले आफ्नो देशले साप्ताहिक, मासिक तथा वार्षिक रुपमा मिसाइल परीक्षणलाई निरन्तरता दिने बताएको बिबिसीले जनाएको छ । अमेरिकाले सैन्य गतिविधि गरेमा कुनै पनि बेला युद्ध सुरु गर्न आफ्नो देश तयार रहेको उनको भनाई रहेको छ । त्यसअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सीले उत्तर कोरियालाई आफूहरुको परीक्षण नगर्न भन्दै चेतावनी दिएको थियो । उत्तर कोरियाको रणनीतिक सहनशिलताको समय सकिएको भन्दै उपविदेश मन्त्री हान साङ रयोलले अन्तर्राष्ट्रिय समुदायको असन्तुष्टिका बाबजुद परमाणु परीक्षण नरोक्ने बताए ।
उत्तर कोरियाको परमाणु कार्यक्रमले कोरियाली प्रायद्विपमा तनाव बढेको छ ।