Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

वि. सं. २०७७ सालमा तपाईंको राशिफल

Sunday, April 12, 2020 National Power

काठमाडौ – २०७७ सालको कुरा गर्दा यो सालको सम्वत्सार नाम प्रमादी हो। यो बर्षको राजा बुध ग्रह हो भने मन्त्री चन्द्रमा हो । बुध र चन्द्र बीच केही बेमेल भएपनी यो बर्ष यी दुई ग्रहको भुमिका शुभनै रहनेछ। शैक्षिक क्षेत्र, खोज – अनुसन्धान, उद्योग एबम व्यपार, बैंक, वित्तीय सस्था एबम सहकरी सस्था प्रकाशन, पर्यटन, कृषि, जल, दुधजन्य पदार्थका काममा यो बर्ष उन्नतिदायक हुनेछ । 

ग्रहमंडलीय अवस्थाको आधारमा यो बर्ष चन्द्र कुन्दलीलाई मात्र आधार मानेर हेर्दा १२ राशिहरुलाइ निम्न अनुसार फल मिल्ने छ।

मेष राशी : बर्षको सुरु संगै जोस जागर बढेर जानेछ। ज्ञान एबम बौद्धिकताको सहि सदुपयोग कर्म स्थान तथा भाग्य वृद्धिमा होला। परिवारिक, प्रेम एबम दम्पतय जीवन सुखमय होला। आयमा वृद्धि होला । बर्षको अन्ततिर स्वास्थ्यको ध्यान राख्नु होला। कार्यमा गोपनियता राख्नुका साथै अत्मबिस्वाश बढाउनु होला।

बृष राशी : मान सम्मानमा वृद्धि आउनुका साथै बिबाहको योग शुभ देखिन्छ । जीवन साथिको स्वास्थ्यमा बिशेष सावधानि राख्नु होला । खर्चमा वृद्धि भय पनि आय सोचे जस्तै होला । हरेक कार्य गर्दा मेहनत तथा जिम्मेवार भयर गर्नु होला ।शत्रु पक्ष बलियो देखिन्छ अनावश्यक बादबिबाद तथा झै झगडा बाट टाढा बस्नुहोला। जन्म स्थान बाट टाढा एबम वैदेशिक काममा भने सफलता पाउने योग छ ।

मिथुन राशी : यो बर्ष काम काजमा सफलता पाउन मेहनत ज्यादा गर्नु पर्नेछ। सरकरी तथा राज्य सम्बन्धी काममा केही सजग हुनु होला ।आर्थिक स्थिति मध्यम होला। मन र बोली लाई नियन्त्रण गर्दै बर्ष बिताउनु होला शुभ फल मिल्ने छ।

कर्कट राशी : सबै प्रकारको सुखको भोग होला। पिताको सहयोग सल्लाह पाउनुको साथै वहन एबम भुमि सुख मिल्ला । व्यापार व्यबसायमा सफलता मिल्ला । काममा तपाईंको प्रशंसा मिल्नेछ।आय प्रगति उन्मुख होला। विवाद युक्त काम बाट भने टाढा हुनु होला।

सिंह राशी : भाई बहिनिको लागि खर्चको योग भय पनि प्रतिफल राम्रो मिल्ला यात्रा एबम वैदेशिक काममा विशेष सफलता मिल्ने योग छ। भौतिक एबम आध्यात्मिक सुखमा वृद्धि होला। समाजमा प्रभाव बढेर जानेछ।जिम्मेवारी होसियार भएर पुर्ण गर्नुहोला ।

कन्या राशि : धन कमाउनको लागि यो बर्ष तपाईंको लागि महत्त्वपुर्ण हुनेछ । मन प्रशन्न हुनुका साथै बोलिको प्रभाव मध्यम होला । मान सम्मान मिल्ने एबम इज्जतमा वृद्धि होला। सानातिना घटनाले मन भने दुखी एबम निरास बनौला।

तुला राशी : आयमा वृद्धि एबम खर्चमा नियन्त्रण हुनेछ। स्वस्थमा सुधार होला। शरिरमा नयाँ जोस जागर देखिनेछ ।परिवारको स्वास्थ्यमा अलि ध्यान दिनु होला। काममा तपाईंको पुर्ण सफलता एबम महत्त्वपूर्ण अवसर मिल्ने बर्ष छ ।

बृश्चीक राशी :  मन असान्त एबम कमजोर हुने हुदा आत्म बल कयम गर्नु होला । हरेक कार्य गर्दा खर्चमा वृद्धि होला एबम झमेला उत्पन्न होला। स्वस्थ्यमा तथा चोट पटक एबम दुर्घटना प्रति विशेष सजग हुनुहोला। कार्य गर्दा तालमेल मिलाएर गर्नुहोला। अनावश्यक झमेला बाट टाढा बस्नुनै बुद्धिमानी हुनेछ । बर्ष शुभ नै बित्ने छ।

धनु राशी : वैदेशिक तथा कुटनैतिक कार्यमा सफलता मिल्ने छ । बिदेश यात्रा बाट विशेष लाभ मिल्ला । आयमा सानो तिनो समस्या आए पनि धनको कमि नहोला। विद्या तथा सन्तान सुखमा वृद्धि होला। हरेक कार्य गोपनिय तरिकाले गर्नु होला ।सफलता अबस्य मिल्नेछ ।

मकर राशि : भाग्यले साथ दिनुका साथै मान सम्मानमा वृद्धि होला। अरुको सल्लाह तथा सहयोग मिल्ने छ। राज्यद्वारा सम्मान पाउनुका साथै हरेक कार्यमा सफलता पाउनुु हुनेछ । घरेलु वातावरण सुखमय होला।

कुम्भ राशि : बिस्तारै बोलिको प्रभावमा प्रगती होला। भाग्य ले साथ दिए पनि कार्य गर्दा बिशेष ध्यान राख्नुहोला । यात्रा अनि धर्मिक कार्यम भने पुर्ण लाभ मिल्ने छ। पराक्रम अनि मान सम्मानमा मध्यम मिल्ला। हतारको निर्णय लिनु भन्दा विवेक पुर्याउनु होला ।

मीन राशी : बर्ष शुभ नै हुनेछ। आर्थिक उन्नति दायक समय छ।काम एबम व्यापारले नयाँ गति लिनेछ।पारिवारिक वातावरण सुखमय होला। सोच एबम चाहाना पूरा होला।प्रशासनिक काम एबम क्षेत्र बाट लाभ तथा प्रशंशा मिल्ला।

यो बार्शिक राशिफल तपाईको चन्द्र कुन्डलीलाई आधार मानी तयार गरिएको हो ।आधिकरिक फलका लागि तपाईको जन्म समय, स्थान र लग्न अनुसारको अनिवार्य योग्य ज्योतिषीहरुलाई भेट्नु नै पर्नेछ ।


लेखक : पं. ज्योतिष आदित्य सुरेश राज गिरी