Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

कोरोना भाइरसका कारण यसवर्षको होली पर्व पनि प्रभावित

Monday, March 9, 2020 National Power

काठमाडौैं-  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण यसवर्षको होली पर्व पनि प्रभावित भएको छ । कोरोनाको त्रासका कारण विगतमा जत्ति होलीको उल्लास छैन । ‘कोरोनाका कारण आज चहलपहल कम छ’, महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म काठमाडौंको सुरक्षा अवस्था शान्तिपूर्ण छ ।’

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडोंमा भिड जम्मा भएर होली खेल्न निषेध गर्ने निर्णय गरेको थियो ।

साथै, प्रशासनले सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि पनि अनिश्चिकालसम्मका लागि स्वीकृति नदिने निर्णय गरेको थियो । यही निर्णयका कारण पनि काठमाडौंमा सर्वसाधारणको चाप न्यून देखिएको प्रहरीले जनाएको छ ।