Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

यसरी मनाइन्छ योमरी पूर्णिमा

Thursday, December 12, 2019 National Power

काठमाडौं – आज मार्ग शुक्लपक्ष थिंलाथ्व नेवार समुदायले हर्सोल्लासका साथ मनाइरहेका छन् । ‘योमरी पुन्ही’ (पूर्णिमा) पनि भनिने यस दिन घरघरमा योमरी चढाएर देवीदेवताको पूजा गर्ने चलन छ । योमरी चामलको पिठोबाट बनाइने परिकार हो । यसभित्र चाकु वा खुवा राखिएको हुन्छ । जाडोयाममा योमरीले शरीरमा ताप पैदा गर्ने भएकाले यसलाई स्वास्थ्यवर्द्धक पनि मानिन्छ ।

योमरी पूणिर्मा नेवार समुदायले मनाउने एक महत्वपूर्ण चाड हो । यस दिन ‘योसिं त्यो बकसिं’ नेवारी गीत गाउँदै, नाच्दै योमरी माग्न आउने युवायुवतीलाई योमरी दिएर खुसी पार्ने परम्परा छ । योमरी बनाउँदा योमरीको साथसाथै लक्ष्मी, सरस्वती र कुवेर, ख्याकको पनि मूर्ति बनाउने गरिन्छ । यस उपलक्ष्यमा छोरी तथा ज्वाइँलाई बोलाएर नखत्याको रुपमा योमरी खुवाउने प्रचलन नेवार समुदायमा पाइन्छ । त्यस्तै योमरी पुन्हीको अवसर बाहेक छोराछोरीको उमेर दुई र चार वर्षको जन्मदिनमा योमरी र लोंचा मरीको माला लगाइदिने चलन नेवार समुदायमा अझै कायम छ ।

योमरीसँग सम्बन्धित एक जनश्रुती पनि छ । जनश्रुतीअनुसार धनका देवता कुवेर मगन्तेको भेषमा एउटा घरमा खानेकुरा माग्न जाँदा आजकै दिन घरबेटीले कुवेरलाई सन्तुष्ट हुने गरी योमरी खुवाएको र कुवेर खुशी भई धनधान्य होस् भनी आशिर्वाद दिएकाले यो दिनलाई धान्यपूर्णिमा पनि भन्ने गरिएको जनश्रुती छ ।