Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

३ सिनेमाका लागि अजिथ कुमारलाई बोनीले दिए सय करोड

Tuesday, July 16, 2019 National Power

अमिताभ बच्चन तथा तप्सी पन्नु स्टारर पिंकुको तमिल रिमेकमा एकसाथ काम गरेका अभिनेता अजिथ कुमार तथा निर्माता बोनी कपुरले पुनः नयाँ सिनेमाका लागि सम्झौता गरेका छन्।

पिकुं तथा एक नाम नराखीएको सिनेमा पछि दुबैले तेश्रो सिनेमाका लागि सम्झौता गरेका छन्। यी ३ सिनेमाका लागि बोनीले अजिथसँग सय करोड भारू पारिश्रमिकमा सम्झौता गरेका हुन्। तेश्रो सिनेमा एक्सन सिनेमा हुने बताइएको छ। तेश्रो सिनेमाको बारेमा विस्तृत जानकारी सार्वजनिक नभएपनि सिनेमालाई संसारका उत्कृष्ट लोकसनमा खिचिनेछ।

सिनेमामा अजिथले एक रेसरुको भूमिकामा अभिनय गर्ने बताइएको छ। अजिथले बोनीसँग बोनीकी दिवंगत पत्नी श्रीदेवीसँग गरेको वाचा पूरा गर्न काम गरेका हुन्। अजिथले श्रीदेवी स्टारर ईङ्लिस भिङ्लिसु सिनेमामा अतिथि भूमिकामा काम गरेका थिए। अजिथको सिनेमा बोनीले निर्माण गरून भन्ने श्रीदेवीको चाहाना थियो।