Monday 6th May 2024

    अन्तराष्ट्रि«य शान्ति संस्था युनिप नेपालको प्रथम भेला सम्पन्न    साथीसँग होटेलमा गएकी युवतीको मृत्यु    तेश्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड’ भव्य रुपमा सम्पन्न    गायिका भट्टराई को दियो कलश सार्वजनिक    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल

ट्रकको ठक्करबाट एसईई परीक्षा दिने परीक्षार्थीको मृत्यु

Monday, March 20, 2017 National Power

७ चैत, राजविराज- एसईई परीक्षा दिन गइरहेकी एक परीक्षार्थीको दुर्घटनामा परी आज बिहान मृत्यु भएको छ।

सप्तरीको हनुमाननगर कंकालिनी नपा १ भारदहकी १६ वर्षीया नितु कुमारी ठाकुरको बाटो काट्ने क्रममा ट्रकको ठक्करले मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरी निरीक्षक डिल्ली चौहानले हनुमाननगर कंकालिनी नपा १ भारदहको बिपी माविकी छात्रा ठाकुर साथीहरुसँगै कञ्चनरुप नपा ७ रुपनगरस्थित शंकर माविमा परीक्षा दिन गइरहेको बेलापश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.१ क ५२०० नम्बरको ट्रकले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप ७ रुपनगर चोकमा ठक्कर दिएको थियो।ट्रक चालक मोरंगका बाबुराम धिमाललाई कानुनी कारवाहीका लागि नियन्त्रणमा लिइएको जनाइएको छ । ।