Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न

Thursday, May 2, 2024 National Power

भारत – भारती पिक्चर्स प्रालीको प्रस्तुतीमा प्रवासी साझा मञ्चद्वारा आयोजित भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ भारतको चन्डिगड स्थित टागोर थियटर सेक्टर १८ बि मा भव्यरुपमा सम्पन्न भएको भारती पिक्चर्स प्रालीका अध्यक्ष अमृत भारतीले जानकारी गराउनु भएको छ ।

प्रवासी साझा मञ्चका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको सभापतित्व र सँस्कृती बिभाग प्रमुख नेपाली दूतावास भारतका गोकुल बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ५७ बिधामा नेपालबाट गएका राष्ट्रिय कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

समाजसेवि तथा लोक गायक कृष्ण कँडेललाई दीर्घ साधना सम्मानद्वारा सम्मानित गरिएको थियो । दशकका गायिकाको रुपमा चर्चित लोक तथा दोहोरी गायिका पुर्णकला बिसिलाई सम्मान गरिएको थियो भने मौलिक लोक गायकको रुपमा चर्चित लोक गायक राम कुमार नेपालीलाई सम्मान गरिएको थियो ।

पत्रकार सम्मान कमल चौलागाईले हात पारे । चन्डिगढमै पहिलो पटक यति धेरै कलाकार र चार हजार दर्शकको उपस्थितिमा सम्पन्न कार्यक्रमलाई चर्चित कार्यक्रम संचालक पिएन सापकोटा र संस्थाका सचिव करण खड्काले संचालन गर्नु भएको थियो ।