Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

अन्तराष्ट्रि«य शान्ति संस्था युनिप नेपालको प्रथम भेला सम्पन्न

Monday, May 6, 2024 Devil Singh Rajput

काठमाडौं २४ वैशाख । युनाईटेड नेचर इन्टरनेशनल पिस (युनिप) नेपाल च्याप्टरले आफ्नो प्रथम भेला सम्पन्न गरेको छ । युनिप नेपालका राष्ट्रिय अध्यक्ष राजु कन्दन लामाको अध्यक्षतामा शनिवार उक्त भेला सम्पन्न भएको हो ।

सो अवसरमा संस्थाका अध्यक्ष राजु कन्दन लामाले विश्व शान्ती नै युनिपको मुल उदेश्य रहेकाले सबै सदस्यहरुले यसलाई आत्मसात गर्दै शान्ती प्रबर्धानार्थ सबैले आ आफनो स्थानबाट भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरि युनिप नेपालका राष्ट्रिय सल्लाहकार रोटरियन विष्णु कार्कीले रोटरी र युनिप नेपालले शान्तीको क्षेत्रमा मिलेर काम गर्न सक्ने बताउनुहुदै सहयोग एवम साझेदारिताका निम्ति आफुले समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युनिप नेपालका राष्ट्रिय कार्यकारी अध्यक्ष रविराज शाहीले युनिप नेपालले राष्ट्र शान्तीसँगै विश्व शान्तीका निम्ती अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो भने युनिप नेपालका राष्ट्रिय उपाध्यक्ष प्रल्हाद दाहालले युनिप नेपाल अन्तरराष्ट्रिय शान्ती संस्था भएकाले आपसी शान्ती र भाईचारा अभिबृद्धिलाई प्राथमिकतामा राख्दै सामाजिक उत्थानका लागि कार्यगत एकतासहित अघि बढनुपर्नेमा जोड दिनुभयो ।

संस्थाका महासचिव हिक्मत दाहालले कार्यक्रमलाई सहजीकरण गर्नुहुँदै आगामी दिनमा युनिप नेपालले शान्ती र मानव अधिकारका निम्ती महत्वपूर्ण कार्यक्रमहरु पस्कने प्रण गर्नुभयो भने दिपक चन्द्र गौतमलगायतका सदस्यहरुले आफ्नो पालोमा बोल्नुहुँदै शान्ती स्थापना, संस्थागत विकास तथा मानव अधिकारको सवालमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा सबैमा धन्यवाद ज्ञापन गर्नुहुँदै युनिप नेपालका प्रेस तथा प्रकाशन समिति संयोजक सरोज ओझाले आपसी समन्वयका आधारमा संस्थाको मुलभुत सिद्धान्तलाई वस्तुत पालना गर्न सके मात्रै संस्थाले आफ्नो उदेश्य प्राप्ती गर्न सक्ने बताउनुभयो ।

सो अवसरमा युनिप नेपालले वितरण गर्न बाँकी संस्थाका सल्लाहकार एवम सदस्यहरुलाई खादा लगाई प्रमाण पत्र, ब्याज एवम् टिसर्ट वितरण गरिएको थियो भने प्रेस तथा प्रकाशन समिति संयोजक सरोज ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त हुनुभएकोमा बधाई ज्ञापनसहित खादा लगाई सम्मान व्यक्त गरिएको थियो ।

ऊक्त प्रथम भेलाले शान्ति प्रबर्धनार्थ विभिन्न सचेतनामुलक तथा सहयोगात्मक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।