Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

‘माइती घर’का नायक सिपी लोहनीको निधन

Monday, April 29, 2024 National Power

काठमाडौँ – गायक तथा नायक सिपी लोहनीको निधन भएको छ । ८६ वर्षका लोहनीको सोमबार काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । निमुनिया सम्बन्धी समस्याका कारण लोहनीलाई एक साता अगाडि अस्पताल भर्ना गरिएको थियो । थुप्रै गीतका गायक लोहनी फिल्म ‘माइतीघर’का नायक पनि हुन् ।