Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

साथीसँग होटेलमा गएकी युवतीको मृत्यु

Monday, May 6, 2024 National Power

काठमाडौँ – काठमाडौँको गोङ्गबुस्थित होटलमा साथीसँग गएकी युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको लेटाङ नगरपालिका–२ घर भएर बाँसबारी बस्दै आएकी कल्पना भण्डारी छिन् । ३१ वर्षीया भण्डारी गोङ्गबुस्थित स्टार जोन होटलको शौचालयमा झुन्डिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

भण्डारीलाई साथमा लिएर होटलमा गएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१५ घर भएका अनित कार्कीलाई पक्राउ गरिएको ती अधिकृतले बताए । शनिवार युवती झुन्डिएपछि युवक र होटल संचालकले पासो काटेर उनलाई अस्पताल लगेका थिए । त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् ।