Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

साथीसँग होटेलमा गएकी युवतीको मृत्यु

Monday, May 6, 2024 National Power

काठमाडौँ – काठमाडौँको गोङ्गबुस्थित होटलमा साथीसँग गएकी युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको लेटाङ नगरपालिका–२ घर भएर बाँसबारी बस्दै आएकी कल्पना भण्डारी छिन् । ३१ वर्षीया भण्डारी गोङ्गबुस्थित स्टार जोन होटलको शौचालयमा झुन्डिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

भण्डारीलाई साथमा लिएर होटलमा गएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१५ घर भएका अनित कार्कीलाई पक्राउ गरिएको ती अधिकृतले बताए । शनिवार युवती झुन्डिएपछि युवक र होटल संचालकले पासो काटेर उनलाई अस्पताल लगेका थिए । त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् ।