Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

गायिका भट्टराई को दियो कलश सार्वजनिक

Friday, May 3, 2024 National Power

काठमाडौं – लोकप्रिय गायिका गीता भट्टराई लोक दोहोरी, लोक पप तथा आधुनिक गीत–संगीत क्षेत्रमा चर्चित नाम हो । गायन कौशल राम्रो भएकै कारण एक पछि अर्को गीतले चर्चा बटुली रहेको अवस्थामा नयाँ सिर्जना ‘दियो कलश’को भिडियो गायिका भट्टराईको आफ्नै युटूव च्यानबाट सार्वजनिक भएको छ । रमेश परियारको शब्द, संगीत रहेको ‘दियो कलश’ गीतमा गायिका गीता भट्टराईलाई रमेश निर्दोषले स्वरमा साथ दिएका छन् । सुन्दर दृश्य कैद गरिएको भिडियोमा सुरेश कोह्ली, अस्मिता रणपाल आदिको साथमा गायिका भट्टराईलाई पनि देख्न सकिन्छ ।
अजय रेग्मीको छायांकन, अमित चापागाईंको सम्पादन रहेको भिडियो कुमार केसीले निर्देशन गरेका हुन् ।