Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

Sunday, June 2, 2019 National Power

काठमाडौं – लिभरपुलले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा टोटनहृयामलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे ।

सलाहले खेलको दोस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । मौसा सिसोकोले हृयान्ड गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । खेलको सुरुवाती समयमै अग्रता लिएको लिभरपुलले निकै राम्रो प्रदर्शन गर्‍यो । सलाहकै गोलबाट लिभरपुलले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो ।

८७ औं मिनेटमा लिभरपुलले दोस्रो गोल गर्न सफल भयो । लिभरपुलका लागि ओरिगीले गोल गर्दै २-० को अग्रता दिलाए । दुई गोलको अग्रता बनाएपनि लिभरपुल टोटनहृयामविरुद्ध दबाबमा खेलेको थियो । खेलअवधिभर बल आफ्नो पकडमा राखेपनि टोटनहृयामले गोल गर्न भने सकेन ।

निर्धारित समयसम्म टोटनहृयामले गोल गर्न नसकेपछि लिभरपुलले खेल २-० गोलअन्तरले पराजित गर्दै छैटौ पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।