Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

श्रीलङ्काको श्रृङ्खलाबद्ध बम बिस्फोटमा परी मृत्यु हुनेको संख्या १०५

Sunday, April 21, 2019 National Power

एजेन्सी- आइतबार इस्टरको मौकामा श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोटको खबर छ । बीबीसी सिंहला सोका संवाददाता अज्जाम अमिनका अनुसार कोलम्बोमा ४७ को मृत्यु भएको छ । कोलम्बो जनरल अस्पतालले यसको पुष्टि गरेको हो । यस्तै, बट्टिकोलामा २५ को मृत्यु भएको छ भने पुलिसका अनुसार नेगम्बोमा मृतकको संख्या कम्तीमा ५० हुनसक्छ । यी बम बिस्फोटमा २४७ घाइते भएका छन् । घाइतेलाई कोलम्बोका विभिन्न अस्पतालमा भर्ना गरिएको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार चीन चर्च र कोलम्बोको एक पाँच तारे होटलसमेत ६ स्थानमा बम बिस्फोट भएको छ ।

कमोच्चादाइस्थित सेन्ट एन्थोनी, बट्टिकोला र काटुआपिटिया चर्चलगायत कोलोम्बोमा सांग्रिला स्टार, किंग्सबरी र सिनेमन ग्रान्ड होटलमा बम बिस्फोट भएको हो । धमाकामा विभिन्न विदेशी नागरिक मारिएको र घाइते भएको पनि खबर छ । सेन्ट एन्थोनीमा हज्जारौं मानिसहरु इस्टरको प्रार्थनाका लागि जम्मा भएकमा थिए । एक प्रत्यक्षदर्शीले बीबीसी सिंहलालाई बिस्फोटपछि उनले थुप्रै शवलाई एकमाथि अर्को गरेर खप्टिएको देखेको बताए । बिस्फोटपछि शहरको सुरक्षा बढाइएको छ । घटनास्थलमा उद्धारकार्य जारी छ । अहिलेसम्म यो हमलाको कसैले पनि जिम्मेवारी लिएका छैनन् ।

श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले सुरक्षा एजेन्सीले बिस्फोटबारे अनुसन्धान गरिरहेको बताए । उनले मानिसहरुलाई गलत समाचारमा विश्वास नगर्न अपिल गरे । प्रधानमन्त्री रानिल विक्रमसिंघेले सुरक्षाको विषयमा एक आपतकालीन बैठक बोलाएको बताए ।

श्रीलङ्काका अर्थमन्त्री मंगला समरवीराले ट्वीट गरेका छन्, ‘चर्च र होटलमा इस्टर सन्डे बम बिस्फोटमा निर्दोष मारिएका छन् । यस्तो लाग्छ कि अराजकता फैलाउनका लागि यसलाई निकै व्यवस्थित तरिकाले टुङ्गो लगाइएको छ । श्रीलङ्काका पूर्व राष्ट्रपति एवं विपक्षी नेता महिन्दा राजपक्षेले धमाकाको निन्दा गर्दै यसलाई अमानवीयको संज्ञा दिएका छन् ।