Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

कर्णाली प्रदेशका खेलाडीले देहरादुनमा ६ स्वर्ण पदक जिते

Monday, December 3, 2018 National Power

काठमाण्डौ – भारतको देहरादुनमा सम्पन्न छैटौँ अन्तर्राष्ट्रिय तथा प्रथम पारा तेक्वान्दो प्रतियोगितामा कर्णालीका खेलाडीले ६ वटा स्वर्ण पदक प्राप्त गरेका छन् ।

नोभेम्बर २९ र ३० मा सम्पन्न खेलमा पहिलोपटक नेपालकै प्रतिनिधित्व गरेका कर्णाली प्रदेशका खेलाडीले पदक जितेका हुन् । स्वर्ण पदक जित्ने खेलाडीहरुमा शशिराम वि.क., बरुण शाह, प्रणव शाह, रोशन खड्गी, आसुँतोष मल्ल, शुशील वली लगायत रहेका छन् भने दिलिप वलीले सिल्भर मेडल सहित दोश्रो स्थान हात पारेका छन् ।

प्रतियोगितामा कर्णाली प्रदेशका  १० जनाले सहभागिता जनाएको टीम कोच नन्दा बस्यालले जानकारी दिइन् । पुम्से खेल्नका लागि उमेर अनुसार र तौल अनुसार खेलाडीले प्रतियोगितामा भाग लिएको कोच बस्यालकोे भनाई छ ।

खेल क्षेत्रमा पूर्वाधार विकास गर्नुका साथै खेललाई कर्णालीले प्राथमिकतामा राख्ने हो भने यसैले प्रदेशलाई चिनाउन सक्ने कोच बस्यालले बताइन् । खेलाडीहरुलाई कर्णालीका सामाजिक विकास मन्त्री दल रावलले विदाई गरेका थिए ।