काठमाण्डौ – गुहेश्वरी विनायक युवा क्लवद्धारा आयोजना गरिएको रक्तदान कार्यक्रमको आज अन्तिम अर्थात छैटौँ दिन पनि रक्तदान गर्नेहरुको उत्साह जनक सहभागिता रहेको छ ।

छैटौँ दिन आज सम्म करिव १५० भन्दा बढीले रक्तदान गरिसकेको गुहेश्वरी विनायक युवा क्लवका अध्यक्ष कृष्ण ओडारीले बताए । देशमा बेला बेला रगतको अभावले कैयौँले अकालमै ज्यान गुमाउने गरेका छन् ।
विविध किसमका सामाजिक कार्यहरु गर्दै आईरहेको क्लवले रगतको अभावले ज्यान गुमाउन नपरोस थोरै भए पनि राहत मिलोस भन्ने उदेस्यले रक्तदान कार्यक्रमको आयोजना गरिउको प्रदिप थापाले बताए ।

गुहेश्वरी युवा क्लवको कार्य समितिको अध्यक्षमा कृष्ण ओडारी, उपाध्यक्ष प्रदिप थापा,सचिव परमेश्वर पौडेल, कोषाध्यक्ष धन बहादुर तामाङ,सह सचिव बलबहादुर थापा,सह कोषध्यक्ष सुनिता कर्मचार्य र सदस्यहरुमा सलोनी ओडारी,किरण श्रेष्ठ,भावना खड्मा,सुमिता दाहाल,महेश ढकाल,ज्याकिस श्रेष्ठ,अम्बिका अधिकारी,कौशल निरौला,धर्मेन्द्र यादव,राजन श्रेष्ठ,सुनान शर्मा लगायतका उत्साहीत युवाहरु रहेका छन् ।