Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

धर्म एक कानुन हो जसले सबै प्राणीलाइ सतकर्मको मार्ग निर्देश गर्दछ : पण्डित पराजुली

Thursday, August 23, 2018 National Power

७ भदौ,काभ्रे /अरबिन्द्र गौतम – हुने बिरुवा को चिल्लो पात एक सबल उदाहरण पण्डित अस्बिन पराजुली हुन्न पिता चन्द्र प्रसाद पराजुली र माता कौसिला पराजुलीका दोस्रो सन्तानको रूपमा २०४९ साल जेष्ठ १६ गतेका दिन काभ्रेकोसिपारी सल्ले भुम्लु गाउँपालिकामा जन्मिएका पराजुली सानै उमेर देखि बहु प्रतिभा साली धार्मिक सचेतक युबा हुन।

गाउकै बिध्यालय बाट प्रवेशी परिक्षा पास गरि काठमाडौंलाई कर्म भुमि बनाएर विद्वान सन्त गुरुहरुको सतमार्गमा लागि आध्यात्मिक चिन्तन भौतिक बिकास सामाजिक यज्ञ अनुस्ठान साथै कर्मकाण्ड गर्दै आउनु भएको छ। नेपालका विभिन्न जिल्ला हरुमा भागवत कथा बाचन गरि भक्तको मन जित्न सफल भइ आध्यात्मिक पक्ष सबल बनाउनु भएको छ। सम्पुर्ण युबाहरुलाई आध्यात्मिक जगतको बाटो हिंड्न् उत्प्रेरित गर्दै पराजुली आफ्नो समय बताइ रहेका छन।

धर्म एक कानुन हो जसले सबै प्राणीलाइ सतकर्म को मार्ग निर्देश गर्दै ब्याबाहारिक ,मानसिक एबं शारिरिक बिकास गराउछ ।जस्ले मानव को सोच बिचारमा समेत परिवर्तन गराउछ धर्मको सार भनेको ब्यक्तिलाई सचरित्र र असल गुणि बनाउने हो ।यसरी नै अगाडी बढीरहने उतप्रेरना र साहस पं पराजुली लाई मिलिरहोस हाम्रो शुभकामना छ।