Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

पेरिसमा विश्व विजेता टोलीको भब्य स्वागत

Tuesday, July 17, 2018 National Power

१ साउन, काठमाडौं – विश्व विजेता टोली फ्रान्सको पेरिसमा भब्य स्वागत भएको छ । विश्वकपको ट्रफी लिएर आएका खेलाडीहरुको स्वागतमा हजारौं भेला भएका थिए । आइतबार क्रोएसियलाई ४–२ ले हराउँदै फ्रान्सले २० वर्षपछि विश्वकप उपाधि जितेको थियो ।

माथिल्लो भाग खुला भएको बसमा राखेर ट्रफीसहित खेलाडीहरुलाई शहर घुमाइएको थियो । फ्रान्सले विश्व विजेता टिमलाई देशकै सर्वोच्च सम्मान लिजन दी अनर दिने घोषणा गरिसकेको छ ।

विश्वकप जितेपछि फ्रान्सको हरेक ठाउँमा समर्थकहरुले रातभर खुसी मनायो । त्यसक्रममा केही शहरमा हिंसा समेत भएको थियो । पेरिस, स्ट्राजबर्ग लगायतका स्थानमा झडप भएपछि प्रहरीले अश्रुग्यास हान्नु परेको थियो ।