Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

पीएसजीमै बस्ने एम्बाप्पेको चाहना

Monday, July 16, 2018 National Power

काठमाडौं – विश्वकपको फाइनलमा गोल गर्दै फ्रान्सलाई उपाधि दिलाउन भूमिका खेलेका युवा स्ट्राइकर केलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेनप्रति प्रतिवद्ध देखिएका छन् । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका एम्बाप्पेलाई भित्र्याउन रियल मड्रिड, म्यानचेष्टर सिटी लगायतका क्लब इच्छुक देखिएका छन् । तर, एम्बाप्पेले भने पीएसजीमै रहने बतँएका छन् ।

‘म पीएसजीमै बस्छु, उनीहरुसँगै यात्रा गर्नेछु’ उनले भने । ‘म आफ्नो कसियर सुरु गर्दैछु ।’ क्रोएसियालाई ४–२ ले हराएर फ्रान्सले विश्वकप जित्दा एम्बाप्पे उत्कृष्ट युवा खेलाडी बनेका छन् । यो स्थानसम्म पुग्न आफूले धेरै मेहनत गरेको भन्दै उनले भने, ‘तर, यो अन्त्य होइन, हामीले यसलाई जारी राख्नुपर्छ । मलाई अगाडि जाने महत्वकांक्षा छ ।’